मेरो आमा राधाकुमारी-५१ले थाहा पाउनु हुनेछ सीताकुमारी-१५को मृत्यु अनि धिकार्नु हुनेछ म-२६ लाई जो उ संगको भेट उ संगको समिप्याता उ संगको बिछोड अनि उसको मृत्यु सब-कुछलाई फगत केहि सब्दमा ढालेर कबि हुन तल्लिन छ बारुधको गन्धले बस्ति निसब्द हुदाँ नि उ खोज्दै थियो सब्दहरु साट्दौ थियो बेदनाहरु अन्योलका केहि हरफसंग आफ्नै बाल-सखीको असमाहीक निधनमा पनि उ सम्झदै थियो उन्का बाल सपनाहरु कल्पदै थियो असुन्दर एक्लोपन भोलिहरु साट्दौ थियो बेदनाहरु अन्योलका केहि हरफसंग हिजो देस पुरै कांपेर चित्कारहरु गुञ्जयमानहुदाँ पनि नियाल्दै थियो चर्केका भित्ताहरु पहिलाउदै थियो लाशका गन्धहरु अनि उसरि नै कोर्दै थियो हरफहरु साट्दै थियो सस्ता सब्दसंग निसब्ध भावनाहरु आज उ सम्झदै छ २५-बसन्तहरु पल्टाउदै छ बिगतका पानाहरु खोज्दैछ जीवनहरु अफसोच !! उसले त साटी सकेको छ अमुल्य जीवनहरु खोक्रा सब्दमा अब उसलाई संगाल्नु पनि छैन ई बेदना भरिएका हरफहरु लेख्नु पनि छैन ई जिवन हिन कंकालहरु न त बग्नु नै छ न त चर्चा नै बटुल्नु छ छ त बस हराउनु - पाउनु सब्दहिन जीवन