Skip to main content

Posts

लघुकथा : हिजो-आज

हिजो, आफ्नु इञ्जिनियरिङ्ग चौथो बर्षको प्रोजेक्टलागि 'बायोग्यास सम्भावना' अध्ययान गर्न, फिल्ड आउदा नजिकै पर्ने भएकाले घर आएको थिएँ । घर अगाडि रहेको अलिकति जग्गामा नि हिलो भयो भनेर ढलाई गरिएको रहेछ । ५० दसक मा हिड्दै गरेका मेरा बा-आमालाई गाह्रो भयो भनि एउटा भएको दुहुनु गाई बेच्न लगाएर गोठ रित्तो पार्न त मैले नै लगाएको थिएँ । बुझ्दै जादा अहिलेको नाकाबंधीले मेरो घरमा आमाबुवाको मुख चिन्ता-ग्रश्त पारेको रहेछ । आमा भन्दै हुनु हुन्थो 'सब्जी/तेल/चामल सबैको भाउ आकासि सको, तेरा बाको मोटर साइकलमा ग्यास खोज्दा-खोज्दै तेल सकिएर बाटामै अलपत्र छ, अब त घरमा आगो बाल्न नि मुस्किल परि सको"। आज, आफ्नै तालमा घर अगाडि गुन-गुनाउदै बस्या थिएँ, संतेकी छोरी मिठि एउटा ढकि लिएर गोबर खोज्दै हिड्दै थिई । साँझमा यसो टहलिदै हिड्दै थिए, सन्तेले "भाइ कहिले आउनु भयो, कता हिड्नु भा, आउनुस बस्नुस" भन्यो । गएँ - मिठिले "दाजु बस्नुस" भन्दै मुढा दिई, बसें । सन्तेले दाजुलाई चिया पिला नानि भन्यो, मिठि कुद्दै गोठमा गएर गुंईठा लेर आइ र आगो फुक्न थालि । धुवाँ - आगो - पानि - तातो पानि - चि
Recent posts

बन्द गर्देउ या खुलाइदेउ

प्रिय बन्द कर्ता हो हेर त त्यहीं पर मुजै - मुजा परेको आमाको मुहारबाट हासो फ़ुस्कन लागेको छ गिज्याए जस्तो लाग्छ आफ्नै सन्ततिलाई - उनको हासो बन्द गर्देउ कहाँ अनकन्टारबाट झरेको झरनाबाट बग्दै आएको पानि आफ्नै भुमि बगाउन आए झैँ लाग्छ - उस्लाई बहाव बन्द गर्देउ म भित्र - भित्रै क्रान्तिका ज्वालाहरु उम्लादै छन् विचारका प्रभाहाहरु सलमलाउदै छन् परिवर्तनका नाममा आफ्नै आँखा अगाडि छेत - बिछेत भएको प्रतिमाको छायाँ मेरा मानश - पटलमा नाचिरहेछन च्यातिदेउ मेरा मस्तिस्कका धर्साहरु अनि जलाइदेउ यो रुखो सरिर सुन्दै छौ तिमि भोकले चिच्याएको त्यो बालाकको कर्कश बन्ध गर्देउ उसको भोक या सधांको लागि खोसिदेउ उसको आवाज सुन्दै छौ तिमि पिछडिएका / निमुखाहरुको बर्षौ देखिको बेदना बन्द गर्देउ यो सामाजिक विभेद या सधांको लागि घोसणा गर्देउ दास भनि बन्द गर्छु भन्दै चिच्याइरहेछौ नदि / तलाउ सुक्नाले त्यो काकाकुल प्यासले   भौ तारि रहेछ उसको प्यास बन्द गर्देउ दिन - दिनै तापक्रमबृद्ध

दाल/गेडागुडी बनाउने सजिलो तरिका

दाल/गेडागुडि पकाउने एक सधै कम्प्लिकेटेडकाम रही आएको थियो मेरा लागि। अगाडि  लामु समय  भिजाउनु पर्ने, धेरै लामु समय सम्म पकाउनु पर्ने, राम्रो कुकर हुनु पर्ने, कुनै बेला मजाले नपाक्ने आदि इत्यादि । लाग्छ यो हामि सबै दाल प्रेमीको साझा समस्या हो।  आज यो ब्लग पहिलो 'रेसिपी' लेख्न गै रहेको छु, आशा छ यसले केहि हद सम्म हामीलाई सजिलो बनाउने छ।   आवास्य सामाग्री  दाल/गेडागुडि, तेल, टमाटर, लसुन, अदुवा, प्याज, जिम्बु, बेसार, खोर्सानी, नुन, सुद्द पानि, धनिया पात, सब्जी मसला  मिक्सर, पकाउने भाडो, पनियु, केहि बटुका, चक्कु, चपिंग बोर्ड  बनाउने तरिका १. दाल/गेडागुडी मजाले पानीले  सफा गर्नुस  २. अलिकति पानि बढि हालेर मजाले मिक्सरमा पिस्नुस  पिसिएको दाल/गेडागुडी  ३. मजाले सानु-सानु पारेर  प्याज काट्नुस, ठुलो भयो भने दालमा मजाले नामिसिना सक्छ   ४. खोर्जानी मजाले काट्नुस ५. लसुन (२ पोटि) मजाले सानु पारेर काट्नुस, यो लसुन फुराउने हो ६. जिरा, मेथी (भए जिम्बु) ठिक पार्नुस ७. सुरुमा तेल (आफ्नु इच्छा अनुसार) तताएर, लसुन, जिरा, जिम्बु अनि मेथी रा

म अनि प्रेम

१. आँफै भित्र उत्पन्न एक परिस्थिती चडेछ क्यारे जोवन तिम्रै अगाडी हाँस्दै उठ्या भुलेउ होला जिवन्त आँखा तिम्रा चाँदिला दाँतका काला फेदिहरु अनि फुर्दै गरेको  तिम्रो रङिन  जोवान साँच्ची बोलिको आवसेक परेन प्रेममा पागल म २. तिमी सँगको सामिप्यतामा सरीर किन काँप्या तातो किन भा रौँहरु ठाडा किन प्रश्नको खेल आँफैमा भएसी प्रेममा पागल म ३. एक नजरै भुल भयेछ नौली होलेउ लाग्या थियो, कालो कपाल छेलिएको गोरो मुहार कम्ता तड्पिनु पर्या थियो प्रेममा पागल म एक हैन् आधा दर्जन् प्रस्ताब् असुइकार ४. फेरी चाँदिला दाँतका काला फेदी भएकी समाजिक भुमध्य रेखा परकी छुच्ची अर्को नसोचेको सामपिय्ताले गाँजे पछि प्रेममा पागल म

संबिधान र जन-भावना

केहि नेपालि जनतालाई अझै भ्रम छ '६२/६२को आन्दोलन सफल पारियो, संबिधान चुनाब सफल पारियो भनेर' यतिबेला आएर फेरी संका छ 'जनभावना संबिधानमा समेटिन्छ कि नाई भनेर' खास ६२/६२को आन्दोलन डलरमा नाच्ने केहि भिजिलान्ते अनि धेरै सिठ्ठी बजाउने दर्शकले ल्याएका सफल पारेका हुन्। दर्शकले त समय र पैसा खर्च गर्ने हो - फिल्म सफल  भएसी रोयल्टी मागेर कतै हुन्छ, जसको माग संबिधान थियो उनीहरुले त आफ्नै पारामा लेख्दैछन, हामि दर्शक हेर्दै जाउ, फेरी कसै गरि अर्को चलचित्र बन्यो भने हेर्न जानु त छदै छ।

नेपालि किन अल्छी

इन्जिनियर, योजनाकार, नीति बिस्लेशक प्राज्ञ सुर्य राज आचार्य   सरले ट्विटरमा "हाम्रा लेखमा खोजमुलकता नभएको, पूर्व-निष्कर्ष अनुकुलका तथ्य/प्रमाणको मात्र खोजि/उपयोगी गर्ने हावी भएको" भन्ने कुरा राख्दा  र  पत्रकार  सुदर्शन घिमिरे ले स्कुलले सिकाएन भनेर कुरा राख्नु भो  ।   पछि फेरी स्कुल नै यति निरस र पट्ट्यार लाग्दो भो जति खेरी अल्छी लाग्ने कुरा निस्कियो  । यसै विषमा म र साथि पुकार को सोच 'किन नेपालि अल्छी भए' भन्ने बारे केहि लेख्दै छु  । ११ - १२ कक्षा पढ्दा म र मेरो साथि पुकार , धेरै रात संगै पढ्ने भनेर भेला हुदाँ धेरै बिषयमा छलफल गर्थिम , बिज्ञान , साहित्य देखि समाज। यस्तैमा एक दिन ' नेपालि किन अल्छी भए , कोरियन - जापानिज - चाइनिज किन यस्तो मेहेनती भए ' भन्ने बिषयमा रात भर छलफल चल्यो । त्यो छलफलबाट निस्को निषकर्ष आज प्रस्तुत गर्न गइ रहेको छु । १ . उर्बर भुमि - प्रकृतिको कृपानै मान्नु पर्छ हाम्रो भुमि उर्बर शिल छ । यस उर्बर भुमिमा ३ महिना काम गर्दा १२ महिना मजाले खान पुग्छ । धेरै वर्

दुईटा फुला देउरालीमा

स्वोर सम्राट  नारायण गोपाल  को दुइटा फुल देउरालीमा  मेरो मन पर्ने गित मध्ये एक हो।  यहि गीतको थेममा तस्बिर खिच्न संखुवासभा नेपाल मा काम बिसेसले १ वर्ष बस्दा सुरु गरेको थिएँ। यो ब्लगको पहिलो तस्बिर संखुवासभामा खिचिएको हो अन्य तस्बिर दक्षिण कोरियामा खिचिएको हो ।   सम्पूर्ण तस्बिर नारन दाईमा समर्पित