Skip to main content

बन्द गर्देउ या खुलाइदेउ

प्रिय बन्द कर्ता हो
हेर त्यहीं पर
मुजै-मुजा परेको आमाको मुहारबाट हासो फ़ुस्कन लागेको
गिज्याए जस्तो लाग्छ आफ्नै सन्ततिलाई - उनको हासो बन्द गर्देउ
कहाँ अनकन्टारबाट झरेको झरनाबाट बग्दै आएको पानि
आफ्नै भुमि बगाउन आए झैँ लाग्छ - उस्लाई बहाव बन्द गर्देउ

भित्र-भित्रै क्रान्तिका ज्वालाहरु उम्लादै छन्
विचारका प्रभाहाहरु सलमलाउदै छन्
परिवर्तनका नाममा आफ्नै आँखा अगाडि छेत-बिछेत भएको
प्रतिमाको छायाँ मेरा मानश-पटलमा नाचिरहेछन
च्यातिदेउ मेरा मस्तिस्कका धर्साहरु अनि जलाइदेउ यो रुखो सरिर

सुन्दै छौ तिमि भोकले चिच्याएको त्यो बालाकको कर्कश
बन्ध गर्देउ उसको भोक या सधांको लागि खोसिदेउ उसको आवाज
सुन्दै छौ तिमि पिछडिएका/निमुखाहरुको बर्षौ देखिको बेदना
बन्द गर्देउ यो सामाजिक विभेद या सधांको लागि घोसणा गर्देउ दास भनि

बन्द गर्छु भन्दै चिच्याइरहेछौ
नदि/तलाउ सुक्नाले त्यो काकाकुल प्यासले  भौतारि रहेछ
उसको प्यास बन्द गर्देउ
दिन-दिनै तापक्रमबृद्धिले हिमालको हिउँ पग्ली रा भन्छन
पृथ्वी तात्नै बन्द गर्देउ
नयाँ-नयाँ रोगले समाज दिन-प्रतिदिन ग्रसित हुदै
भाइरस फ़ैलनै बन्द गरिदेउ
बिस्वभरि धर्मका नाममा सिर क्षेदन भै रा
धर्मको विभेद बन्द गरिदेउ
सक्छौ तिमि ?
सक्दैनौ भने
तिम्रो बन्दको सपना बन्द गर्देउ

अनि खुलाइदेउ उन्नतिको बाटोहरु !


Comments

Popular posts from this blog

दाल/गेडागुडी बनाउने सजिलो तरिका

दाल/गेडागुडि पकाउने एक सधै कम्प्लिकेटेडकाम रही आएको थियो मेरा लागि। अगाडि  लामु समय  भिजाउनु पर्ने, धेरै लामु समय सम्म पकाउनु पर्ने, राम्रो कुकर हुनु पर्ने, कुनै बेला मजाले नपाक्ने आदि इत्यादि । लाग्छ यो हामि सबै दाल प्रेमीको साझा समस्या हो।  आज यो ब्लग पहिलो 'रेसिपी' लेख्न गै रहेको छु, आशा छ यसले केहि हद सम्म हामीलाई सजिलो बनाउने छ।   आवास्य सामाग्री  दाल/गेडागुडि, तेल, टमाटर, लसुन, अदुवा, प्याज, जिम्बु, बेसार, खोर्सानी, नुन, सुद्द पानि, धनिया पात, सब्जी मसला  मिक्सर, पकाउने भाडो, पनियु, केहि बटुका, चक्कु, चपिंग बोर्ड  बनाउने तरिका १. दाल/गेडागुडी मजाले पानीले  सफा गर्नुस  २. अलिकति पानि बढि हालेर मजाले मिक्सरमा पिस्नुस  पिसिएको दाल/गेडागुडी  ३. मजाले सानु-सानु पारेर  प्याज काट्नुस, ठुलो भयो भने दालमा मजाले नामिसिना सक्छ   ४. खोर्जानी मजाले काट्नुस ५. लसुन (२ पोटि) मजाले सानु पारेर काट्नुस, यो लसुन फुराउने हो ६. जिरा, मेथी (भए जिम्बु) ठिक पार्नुस ७. सुरुमा तेल (आफ्नु इच्छा अनुसार) तताएर, लसुन, जिरा, जिम्बु अनि मेथी रा

दुइ तस्बिर केहि पंक्ति सब्द

केहि समय अगाडि खिचेका ई दुई तस्बिरलाई आज केहि सब्द पनि दिएको छु। दुवै तस्बिर काङ्गवन बिस्वबिध्यालामा खिचिएका हुन्। म कालो कौवा हैन  यो रुखको हाँगा झैँ मर्या छैन  छिट्टै झर्ने छन् मोति झैं दाना  भिझ्नेछु म सरिर लुकाउने घर छैन  कालो बादल रुमल्लिरहेको बेला हाँगामा एक्लै बसी रहेको ढुकुर म एक पात झैं अल्झी रहेछु कहीं-कतै लम्ब्याई रहेछु उदेश्य हिन उदेश्य आफैंबाट खै के भन्नु म झरेको छु बर्तमानमा पुन झर्नेछु बर्तमानमा गल्ने छु  उम्रने छु बर्तमानमा  रुखबाट झरेको पात रुखैमा अल्झिरहेछ 

आमा

आमा, हेरन मेर दाजु-भाई , आज म सँग अलगिन खोज्दैछन, मैले उनिहरुलाई अपहेलित गरेरे, मैले उनिहरुलाई मिचे रे, निचोरे रे  हो आमा  तिमी त साँची छौ  बोलन केही शब्दहरु  किन तिमी आज मौन छौ? उनिहरु भन्छन  मेर र उनिहरुका रितिरिवाज फरक छ रे  चाल-चलन फरक छ रे  बोलिमा भिन्नत छ रे  हो आमा? के तिमीले उनिहरुलाई भनिनौ  मानबता नै धर्म हो  दिन: दुखीको सेवा नै हाम्रो चलन हो  अनी आमा,  तिमीले सिकाएकी थिएनौ र  यि निस्चल शान्त नेपाली शब्दहरु  हेर आमा, आज तिमीले केही बोल्नै पर्छ, नत्र भने, तिम्रो खुट्टा,सरिर र सिर  आज अलगिदैछन्  अनी तिम्रो पूर्ण शरीर हरौनेछ  केही समयए पछी  तिम्रो खुट्टा,सरिर र सिर पनि  कुहिन्दै जानेछन्  अनी आमा  त्यतिबेला,  म अनी मेरो पहिचान पनि हराउने छ अनी तिमी मात्र मेरो मानसपटलमा हुनेछौ  तिमी मात्र किताबको पानामा हुनेछौ  आमा तिमी ईतिहास बन्नेछौ  त्यसैले आमा, म तिमी सँग मात्र शब्द माग्दै छु, बोलन आमा के हामी एक होइनौ र ? बोलन आमा  किन तिमी आज मौन छौ ?