Skip to main content

Posts

Showing posts from 2015

लघुकथा : हिजो-आज

हिजो, आफ्नु इञ्जिनियरिङ्ग चौथो बर्षको प्रोजेक्टलागि 'बायोग्यास सम्भावना' अध्ययान गर्न, फिल्ड आउदा नजिकै पर्ने भएकाले घर आएको थिएँ । घर अगाडि रहेको अलिकति जग्गामा नि हिलो भयो भनेर ढलाई गरिएको रहेछ । ५० दसक मा हिड्दै गरेका मेरा बा-आमालाई गाह्रो भयो भनि एउटा भएको दुहुनु गाई बेच्न लगाएर गोठ रित्तो पार्न त मैले नै लगाएको थिएँ । बुझ्दै जादा अहिलेको नाकाबंधीले मेरो घरमा आमाबुवाको मुख चिन्ता-ग्रश्त पारेको रहेछ । आमा भन्दै हुनु हुन्थो 'सब्जी/तेल/चामल सबैको भाउ आकासि सको, तेरा बाको मोटर साइकलमा ग्यास खोज्दा-खोज्दै तेल सकिएर बाटामै अलपत्र छ, अब त घरमा आगो बाल्न नि मुस्किल परि सको"। आज, आफ्नै तालमा घर अगाडि गुन-गुनाउदै बस्या थिएँ, संतेकी छोरी मिठि एउटा ढकि लिएर गोबर खोज्दै हिड्दै थिई । साँझमा यसो टहलिदै हिड्दै थिए, सन्तेले "भाइ कहिले आउनु भयो, कता हिड्नु भा, आउनुस बस्नुस" भन्यो । गएँ - मिठिले "दाजु बस्नुस" भन्दै मुढा दिई, बसें । सन्तेले दाजुलाई चिया पिला नानि भन्यो, मिठि कुद्दै गोठमा गएर गुंईठा लेर आइ र आगो फुक्न थालि । धुवाँ - आगो - पानि - तातो पानि - चि

बन्द गर्देउ या खुलाइदेउ

प्रिय बन्द कर्ता हो हेर त त्यहीं पर मुजै - मुजा परेको आमाको मुहारबाट हासो फ़ुस्कन लागेको छ गिज्याए जस्तो लाग्छ आफ्नै सन्ततिलाई - उनको हासो बन्द गर्देउ कहाँ अनकन्टारबाट झरेको झरनाबाट बग्दै आएको पानि आफ्नै भुमि बगाउन आए झैँ लाग्छ - उस्लाई बहाव बन्द गर्देउ म भित्र - भित्रै क्रान्तिका ज्वालाहरु उम्लादै छन् विचारका प्रभाहाहरु सलमलाउदै छन् परिवर्तनका नाममा आफ्नै आँखा अगाडि छेत - बिछेत भएको प्रतिमाको छायाँ मेरा मानश - पटलमा नाचिरहेछन च्यातिदेउ मेरा मस्तिस्कका धर्साहरु अनि जलाइदेउ यो रुखो सरिर सुन्दै छौ तिमि भोकले चिच्याएको त्यो बालाकको कर्कश बन्ध गर्देउ उसको भोक या सधांको लागि खोसिदेउ उसको आवाज सुन्दै छौ तिमि पिछडिएका / निमुखाहरुको बर्षौ देखिको बेदना बन्द गर्देउ यो सामाजिक विभेद या सधांको लागि घोसणा गर्देउ दास भनि बन्द गर्छु भन्दै चिच्याइरहेछौ नदि / तलाउ सुक्नाले त्यो काकाकुल प्यासले   भौ तारि रहेछ उसको प्यास बन्द गर्देउ दिन - दिनै तापक्रमबृद्ध

दाल/गेडागुडी बनाउने सजिलो तरिका

दाल/गेडागुडि पकाउने एक सधै कम्प्लिकेटेडकाम रही आएको थियो मेरा लागि। अगाडि  लामु समय  भिजाउनु पर्ने, धेरै लामु समय सम्म पकाउनु पर्ने, राम्रो कुकर हुनु पर्ने, कुनै बेला मजाले नपाक्ने आदि इत्यादि । लाग्छ यो हामि सबै दाल प्रेमीको साझा समस्या हो।  आज यो ब्लग पहिलो 'रेसिपी' लेख्न गै रहेको छु, आशा छ यसले केहि हद सम्म हामीलाई सजिलो बनाउने छ।   आवास्य सामाग्री  दाल/गेडागुडि, तेल, टमाटर, लसुन, अदुवा, प्याज, जिम्बु, बेसार, खोर्सानी, नुन, सुद्द पानि, धनिया पात, सब्जी मसला  मिक्सर, पकाउने भाडो, पनियु, केहि बटुका, चक्कु, चपिंग बोर्ड  बनाउने तरिका १. दाल/गेडागुडी मजाले पानीले  सफा गर्नुस  २. अलिकति पानि बढि हालेर मजाले मिक्सरमा पिस्नुस  पिसिएको दाल/गेडागुडी  ३. मजाले सानु-सानु पारेर  प्याज काट्नुस, ठुलो भयो भने दालमा मजाले नामिसिना सक्छ   ४. खोर्जानी मजाले काट्नुस ५. लसुन (२ पोटि) मजाले सानु पारेर काट्नुस, यो लसुन फुराउने हो ६. जिरा, मेथी (भए जिम्बु) ठिक पार्नुस ७. सुरुमा तेल (आफ्नु इच्छा अनुसार) तताएर, लसुन, जिरा, जिम्बु अनि मेथी रा

म अनि प्रेम

१. आँफै भित्र उत्पन्न एक परिस्थिती चडेछ क्यारे जोवन तिम्रै अगाडी हाँस्दै उठ्या भुलेउ होला जिवन्त आँखा तिम्रा चाँदिला दाँतका काला फेदिहरु अनि फुर्दै गरेको  तिम्रो रङिन  जोवान साँच्ची बोलिको आवसेक परेन प्रेममा पागल म २. तिमी सँगको सामिप्यतामा सरीर किन काँप्या तातो किन भा रौँहरु ठाडा किन प्रश्नको खेल आँफैमा भएसी प्रेममा पागल म ३. एक नजरै भुल भयेछ नौली होलेउ लाग्या थियो, कालो कपाल छेलिएको गोरो मुहार कम्ता तड्पिनु पर्या थियो प्रेममा पागल म एक हैन् आधा दर्जन् प्रस्ताब् असुइकार ४. फेरी चाँदिला दाँतका काला फेदी भएकी समाजिक भुमध्य रेखा परकी छुच्ची अर्को नसोचेको सामपिय्ताले गाँजे पछि प्रेममा पागल म

संबिधान र जन-भावना

केहि नेपालि जनतालाई अझै भ्रम छ '६२/६२को आन्दोलन सफल पारियो, संबिधान चुनाब सफल पारियो भनेर' यतिबेला आएर फेरी संका छ 'जनभावना संबिधानमा समेटिन्छ कि नाई भनेर' खास ६२/६२को आन्दोलन डलरमा नाच्ने केहि भिजिलान्ते अनि धेरै सिठ्ठी बजाउने दर्शकले ल्याएका सफल पारेका हुन्। दर्शकले त समय र पैसा खर्च गर्ने हो - फिल्म सफल  भएसी रोयल्टी मागेर कतै हुन्छ, जसको माग संबिधान थियो उनीहरुले त आफ्नै पारामा लेख्दैछन, हामि दर्शक हेर्दै जाउ, फेरी कसै गरि अर्को चलचित्र बन्यो भने हेर्न जानु त छदै छ।

नेपालि किन अल्छी

इन्जिनियर, योजनाकार, नीति बिस्लेशक प्राज्ञ सुर्य राज आचार्य   सरले ट्विटरमा "हाम्रा लेखमा खोजमुलकता नभएको, पूर्व-निष्कर्ष अनुकुलका तथ्य/प्रमाणको मात्र खोजि/उपयोगी गर्ने हावी भएको" भन्ने कुरा राख्दा  र  पत्रकार  सुदर्शन घिमिरे ले स्कुलले सिकाएन भनेर कुरा राख्नु भो  ।   पछि फेरी स्कुल नै यति निरस र पट्ट्यार लाग्दो भो जति खेरी अल्छी लाग्ने कुरा निस्कियो  । यसै विषमा म र साथि पुकार को सोच 'किन नेपालि अल्छी भए' भन्ने बारे केहि लेख्दै छु  । ११ - १२ कक्षा पढ्दा म र मेरो साथि पुकार , धेरै रात संगै पढ्ने भनेर भेला हुदाँ धेरै बिषयमा छलफल गर्थिम , बिज्ञान , साहित्य देखि समाज। यस्तैमा एक दिन ' नेपालि किन अल्छी भए , कोरियन - जापानिज - चाइनिज किन यस्तो मेहेनती भए ' भन्ने बिषयमा रात भर छलफल चल्यो । त्यो छलफलबाट निस्को निषकर्ष आज प्रस्तुत गर्न गइ रहेको छु । १ . उर्बर भुमि - प्रकृतिको कृपानै मान्नु पर्छ हाम्रो भुमि उर्बर शिल छ । यस उर्बर भुमिमा ३ महिना काम गर्दा १२ महिना मजाले खान पुग्छ । धेरै वर्

दुईटा फुला देउरालीमा

स्वोर सम्राट  नारायण गोपाल  को दुइटा फुल देउरालीमा  मेरो मन पर्ने गित मध्ये एक हो।  यहि गीतको थेममा तस्बिर खिच्न संखुवासभा नेपाल मा काम बिसेसले १ वर्ष बस्दा सुरु गरेको थिएँ। यो ब्लगको पहिलो तस्बिर संखुवासभामा खिचिएको हो अन्य तस्बिर दक्षिण कोरियामा खिचिएको हो ।   सम्पूर्ण तस्बिर नारन दाईमा समर्पित 

दुइ तस्बिर केहि पंक्ति सब्द

केहि समय अगाडि खिचेका ई दुई तस्बिरलाई आज केहि सब्द पनि दिएको छु। दुवै तस्बिर काङ्गवन बिस्वबिध्यालामा खिचिएका हुन्। म कालो कौवा हैन  यो रुखको हाँगा झैँ मर्या छैन  छिट्टै झर्ने छन् मोति झैं दाना  भिझ्नेछु म सरिर लुकाउने घर छैन  कालो बादल रुमल्लिरहेको बेला हाँगामा एक्लै बसी रहेको ढुकुर म एक पात झैं अल्झी रहेछु कहीं-कतै लम्ब्याई रहेछु उदेश्य हिन उदेश्य आफैंबाट खै के भन्नु म झरेको छु बर्तमानमा पुन झर्नेछु बर्तमानमा गल्ने छु  उम्रने छु बर्तमानमा  रुखबाट झरेको पात रुखैमा अल्झिरहेछ 

आमा

आमा, हेरन मेर दाजु-भाई , आज म सँग अलगिन खोज्दैछन, मैले उनिहरुलाई अपहेलित गरेरे, मैले उनिहरुलाई मिचे रे, निचोरे रे  हो आमा  तिमी त साँची छौ  बोलन केही शब्दहरु  किन तिमी आज मौन छौ? उनिहरु भन्छन  मेर र उनिहरुका रितिरिवाज फरक छ रे  चाल-चलन फरक छ रे  बोलिमा भिन्नत छ रे  हो आमा? के तिमीले उनिहरुलाई भनिनौ  मानबता नै धर्म हो  दिन: दुखीको सेवा नै हाम्रो चलन हो  अनी आमा,  तिमीले सिकाएकी थिएनौ र  यि निस्चल शान्त नेपाली शब्दहरु  हेर आमा, आज तिमीले केही बोल्नै पर्छ, नत्र भने, तिम्रो खुट्टा,सरिर र सिर  आज अलगिदैछन्  अनी तिम्रो पूर्ण शरीर हरौनेछ  केही समयए पछी  तिम्रो खुट्टा,सरिर र सिर पनि  कुहिन्दै जानेछन्  अनी आमा  त्यतिबेला,  म अनी मेरो पहिचान पनि हराउने छ अनी तिमी मात्र मेरो मानसपटलमा हुनेछौ  तिमी मात्र किताबको पानामा हुनेछौ  आमा तिमी ईतिहास बन्नेछौ  त्यसैले आमा, म तिमी सँग मात्र शब्द माग्दै छु, बोलन आमा के हामी एक होइनौ र ? बोलन आमा  किन तिमी आज मौन छौ ? 

अकविता

मेरो आमा राधाकुमारी-५१ले थाहा पाउनु हुनेछ सीताकुमारी-१५को मृत्यु अनि धिकार्नु हुनेछ म-२६ लाई जो उ संगको भेट उ संगको समिप्याता उ संगको बिछोड अनि उसको मृत्यु सब-कुछलाई फगत केहि सब्दमा ढालेर कबि हुन तल्लिन छ बारुधको गन्धले बस्ति निसब्द हुदाँ नि उ खोज्दै थियो सब्दहरु साट्दौ थियो बेदनाहरु अन्योलका केहि हरफसंग आफ्नै बाल-सखीको असमाहीक निधनमा पनि उ सम्झदै थियो उन्का बाल सपनाहरु कल्पदै थियो असुन्दर एक्लोपन भोलिहरु साट्दौ थियो बेदनाहरु अन्योलका केहि हरफसंग हिजो देस पुरै कांपेर चित्कारहरु गुञ्जयमानहुदाँ पनि नियाल्दै थियो चर्केका भित्ताहरु पहिलाउदै थियो लाशका गन्धहरु अनि उसरि नै कोर्दै थियो हरफहरु साट्दै थियो सस्ता सब्दसंग निसब्ध भावनाहरु आज उ सम्झदै छ २५-बसन्तहरु पल्टाउदै छ बिगतका पानाहरु खोज्दैछ जीवनहरु अफसोच !! उसले त साटी सकेको छ अमुल्य जीवनहरु खोक्रा सब्दमा अब उसलाई संगाल्नु पनि छैन ई बेदना भरिएका हरफहरु लेख्नु पनि छैन ई जिवन हिन कंकालहरु न त बग्नु नै छ न त चर्चा नै बटुल्नु छ छ त बस हराउनु - पाउनु सब्दहिन जीवन

भुकम्प - सिता कुमारी

नाम - सिता कुमारी बर्ष - १५ बाबुको नाम- धनबाहादुर पेशा - पाल्पाली होटेलमा  भाडा माझ्ने स्तब्ध बनायो, कतै तेही त होइन मुलुक छोड्ने अगिल्लो रात बिताएको होटेलमा राति पानि लियाइदिने बिस्तारै टेबलमा राखिदिने आफ्नु स्कट माथि तान्दै जानलाग्दा मेरो आवाजमा झस्किने लजाउदै नाम, घर अनि अलिबेरमा आफ्नु कथा बताउने ! म स्वार्थि छु इश्वर - त्यो मैले भेट्या कुमारी नहोस उसको सर 'म' जस्तै सुकिलोको अङ्गालनमा बाधिने रहर बाकि छ कुमारी आमा बन्नै बाकि छ इश्वर तन्नमबाउलाई  छोडेर गएकी उसको आमाले दिन नसकेको माया आफ्नी छोरीलाई दिने उसको सपना पुरा हुने बाकि छ इश्वर प्राथना गर्दछु तस्बिरमा देखिएको छेत-बिछेत सरिर उसको नहोस भुकम्प            त्यति सारो निस्ठुरी साबित नहोस्           कुमारीका सपनासंगै उसैको हत्यारा कदापि नबनोस       

***रास्ट्रियता***

मधेस माटो हो मधेसी जात हैन  पाहाड माटो हो पाहाडी जात हैन भाषा बोल्ने माध्यम हो सस्कृति हैन लुङि बस्त्र हो कसैको पेवा हैन सुरुवाल बस्त्र हो कसैको पेवा हैन गोरो, कालो रङ हो जातको निशानि हैन रास्ट्रियता मेलमिलाप हो युद्ध हैन यो भाषामा सिमित छैन यो पहिरनमा सिमित छैन यो सस्कृतिमा सिमित छैन तिमिले गर्मि चडेर खुन बगाएउ तिमिले गर्मि चडेर कुलो खनाएउ रास्ट्रियता सिमामा खिच्छौ तिमि रास्ट्रियता खुकुरिमा खोज्छौ तिमि रास्ट्रियताका नाममा युद्ध निम्ताउँछौ तिमि चिन र भारत बिच नेपाल खोज्छौ तिमि रास्ट्रियता बिकास हो रास्ट्रियता मानबता हो रास्ट्रियता प्रेम हो रास्ट्रियता मेलमिलाप हो नोट: आफ्नु सस्कृति/पहिचान/बस्त्र/भाषा संरक्षक हुनु पर्ने कुरा उठाउदा रास्त्रियता बिर्सिएको भान भएको यस समयमा - यिनै कुराको सेरो फेरोमा प्रस्तुत कबिता लेखिएको हो।  गलत अर्थ नलाइदिन हुन 'लेखक' अनुरोध गर्दछ, कसैको अधिकारमा ठेस पुर्याउने विचार हैन।   

Automating agriculture

BY - Kshitij Adhikari & Sagar kafle T he government has taken a positive by declaring the Next Stem ten years as a "Decade of Agricultural Production and ITS can pursue Necessary Steps Toward the promised 'Agricultural revolution'" Reasons to  mechanize Nepal's diversity of crops, soil, Climate, and Agricultural practices Requires Improved   It is Important to Acquire Improved hand Tools, Animal-drawn implements, Power tillers and Tractors, Depending on the terrain conditions. While doing so, we need to ensure that the Equipment is Cost-effective and Energy-efficient and reduces drudgery. Requires This carefully chosen, tested, refined and Equipment Designed based on Site-specific feedback. On-Farm Trials Also have to be conducted for adaptation and to Enhance Regional crop production and productivity by ensuring the timeliness of farm operations and the efficient use of inputs. Equipment for Product cultivation. 

जयसलाम

पैला रुख देख्या थिएँ छहारी-सितलता सोच्या थिएँ अनगिन्ती मिठा फल कल्प्या थिएँ 'जय नेपाल' सुन्या थिएँ आहा 'जय' अनि 'नेपाल'को "जिन्दाबाद-जिन्दाबाद" अलि पछि हसियाँ-हतौडा देख्या थिएँ लह-लह हरिया बालि सोच्या थिएँ हर नेपालीको सुन्दर घर-भकारी भरि अन्न कल्प्या थिएँ 'लाल सलाम'-'काम्रेड' सुन्या थिएँ आहा 'लाल' यानकी 'उर्जा' 'सलाम' यानकी 'सदभाव' 'काम्रेड' यानकी 'कामदेव', 'कामदेव' यानकी 'परिश्रमका पुजारी' "लाल सलाम - लाल सालाम" पछि फुस्रो बुढो 'रुख'ले घर-बार किचेको देखें 'रुख'बाट फलको आशामा प्राण त्यागेका देखें 'हसियाँ'ले घाटी रेटेर, 'हथौडा'ले टाउको फोरेर ह्वाल-ह्वालती रगत बगाएका 'काम्रेड'हरु देखें केहि त गर्नु नै थियो, झोसी दिएँ 'रुख'मा सलाईको काँटि जलाइ दिएँ रगत बलि माग्ने 'हसियाँ-हथौडा' उडाइ दिएँ धुवाँ संगै 'भोलाटाइल' तत्वहरु पीइ दिएँ 'खरानी' पानीमा मि