Skip to main content

Posts

Showing posts from November, 2015

लघुकथा : हिजो-आज

हिजो, आफ्नु इञ्जिनियरिङ्ग चौथो बर्षको प्रोजेक्टलागि 'बायोग्यास सम्भावना' अध्ययान गर्न, फिल्ड आउदा नजिकै पर्ने भएकाले घर आएको थिएँ । घर अगाडि रहेको अलिकति जग्गामा नि हिलो भयो भनेर ढलाई गरिएको रहेछ । ५० दसक मा हिड्दै गरेका मेरा बा-आमालाई गाह्रो भयो भनि एउटा भएको दुहुनु गाई बेच्न लगाएर गोठ रित्तो पार्न त मैले नै लगाएको थिएँ । बुझ्दै जादा अहिलेको नाकाबंधीले मेरो घरमा आमाबुवाको मुख चिन्ता-ग्रश्त पारेको रहेछ । आमा भन्दै हुनु हुन्थो 'सब्जी/तेल/चामल सबैको भाउ आकासि सको, तेरा बाको मोटर साइकलमा ग्यास खोज्दा-खोज्दै तेल सकिएर बाटामै अलपत्र छ, अब त घरमा आगो बाल्न नि मुस्किल परि सको"। आज, आफ्नै तालमा घर अगाडि गुन-गुनाउदै बस्या थिएँ, संतेकी छोरी मिठि एउटा ढकि लिएर गोबर खोज्दै हिड्दै थिई । साँझमा यसो टहलिदै हिड्दै थिए, सन्तेले "भाइ कहिले आउनु भयो, कता हिड्नु भा, आउनुस बस्नुस" भन्यो । गएँ - मिठिले "दाजु बस्नुस" भन्दै मुढा दिई, बसें । सन्तेले दाजुलाई चिया पिला नानि भन्यो, मिठि कुद्दै गोठमा गएर गुंईठा लेर आइ र आगो फुक्न थालि । धुवाँ - आगो - पानि - तातो पानि - चि