Skip to main content

लघुकथा : हिजो-आज

हिजो, आफ्नु इञ्जिनियरिङ्ग चौथो बर्षको प्रोजेक्टलागि 'बायोग्यास सम्भावना' अध्ययान गर्न, फिल्ड आउदा नजिकै पर्ने भएकाले घर आएको थिएँ । घर अगाडि रहेको अलिकति जग्गामा नि हिलो भयो भनेर ढलाई गरिएको रहेछ । ५० दसक मा हिड्दै गरेका मेरा बा-आमालाई गाह्रो भयो भनि एउटा भएको दुहुनु गाई बेच्न लगाएर गोठ रित्तो पार्न त मैले नै लगाएको थिएँ । बुझ्दै जादा अहिलेको नाकाबंधीले मेरो घरमा आमाबुवाको मुख चिन्ता-ग्रश्त पारेको रहेछ । आमा भन्दै हुनु हुन्थो 'सब्जी/तेल/चामल सबैको भाउ आकासि सको, तेरा बाको मोटर साइकलमा ग्यास खोज्दा-खोज्दै तेल सकिएर बाटामै अलपत्र छ, अब त घरमा आगो बाल्न नि मुस्किल परि सको"।

आज, आफ्नै तालमा घर अगाडि गुन-गुनाउदै बस्या थिएँ, संतेकी छोरी मिठि एउटा ढकि लिएर गोबर खोज्दै हिड्दै थिई । साँझमा यसो टहलिदै हिड्दै थिए, सन्तेले "भाइ कहिले आउनु भयो, कता हिड्नु भा, आउनुस बस्नुस" भन्यो । गएँ - मिठिले "दाजु बस्नुस" भन्दै मुढा दिई, बसें । सन्तेले दाजुलाई चिया पिला नानि भन्यो, मिठि कुद्दै गोठमा गएर गुंईठा लेर आइ र आगो फुक्न थालि । धुवाँ - आगो - पानि - तातो पानि - चिया रंग - चिया - कप - मेरो हातले च्याप्प समात्यो, मिठो मानि मानि सुरुप-सुरुप पिएँ । धन्येबाद भन्दै हिड्न लाग्दा सन्तेले "यो लगेर जानुस भाई - काकालाई मन पर्छ" भन्दै एक मुठा रायोको साग टक्र्यायो।

Comments

Popular posts from this blog

दाल/गेडागुडी बनाउने सजिलो तरिका

दाल/गेडागुडि पकाउने एक सधै कम्प्लिकेटेडकाम रही आएको थियो मेरा लागि। अगाडि  लामु समय  भिजाउनु पर्ने, धेरै लामु समय सम्म पकाउनु पर्ने, राम्रो कुकर हुनु पर्ने, कुनै बेला मजाले नपाक्ने आदि इत्यादि । लाग्छ यो हामि सबै दाल प्रेमीको साझा समस्या हो।  आज यो ब्लग पहिलो 'रेसिपी' लेख्न गै रहेको छु, आशा छ यसले केहि हद सम्म हामीलाई सजिलो बनाउने छ।   आवास्य सामाग्री  दाल/गेडागुडि, तेल, टमाटर, लसुन, अदुवा, प्याज, जिम्बु, बेसार, खोर्सानी, नुन, सुद्द पानि, धनिया पात, सब्जी मसला  मिक्सर, पकाउने भाडो, पनियु, केहि बटुका, चक्कु, चपिंग बोर्ड  बनाउने तरिका १. दाल/गेडागुडी मजाले पानीले  सफा गर्नुस  २. अलिकति पानि बढि हालेर मजाले मिक्सरमा पिस्नुस  पिसिएको दाल/गेडागुडी  ३. मजाले सानु-सानु पारेर  प्याज काट्नुस, ठुलो भयो भने दालमा मजाले नामिसिना सक्छ   ४. खोर्जानी मजाले काट्नुस ५. लसुन (२ पोटि) मजाले सानु पारेर काट्नुस, यो लसुन फुराउने हो ६. जिरा, मेथी (भए जिम्बु) ठिक पार्नुस ७. सुरुमा तेल (आफ्नु इच्छा अनुसार) तताएर, लसुन, जिरा, जिम्बु अनि मेथी रा

दुइ तस्बिर केहि पंक्ति सब्द

केहि समय अगाडि खिचेका ई दुई तस्बिरलाई आज केहि सब्द पनि दिएको छु। दुवै तस्बिर काङ्गवन बिस्वबिध्यालामा खिचिएका हुन्। म कालो कौवा हैन  यो रुखको हाँगा झैँ मर्या छैन  छिट्टै झर्ने छन् मोति झैं दाना  भिझ्नेछु म सरिर लुकाउने घर छैन  कालो बादल रुमल्लिरहेको बेला हाँगामा एक्लै बसी रहेको ढुकुर म एक पात झैं अल्झी रहेछु कहीं-कतै लम्ब्याई रहेछु उदेश्य हिन उदेश्य आफैंबाट खै के भन्नु म झरेको छु बर्तमानमा पुन झर्नेछु बर्तमानमा गल्ने छु  उम्रने छु बर्तमानमा  रुखबाट झरेको पात रुखैमा अल्झिरहेछ 

आमा

आमा, हेरन मेर दाजु-भाई , आज म सँग अलगिन खोज्दैछन, मैले उनिहरुलाई अपहेलित गरेरे, मैले उनिहरुलाई मिचे रे, निचोरे रे  हो आमा  तिमी त साँची छौ  बोलन केही शब्दहरु  किन तिमी आज मौन छौ? उनिहरु भन्छन  मेर र उनिहरुका रितिरिवाज फरक छ रे  चाल-चलन फरक छ रे  बोलिमा भिन्नत छ रे  हो आमा? के तिमीले उनिहरुलाई भनिनौ  मानबता नै धर्म हो  दिन: दुखीको सेवा नै हाम्रो चलन हो  अनी आमा,  तिमीले सिकाएकी थिएनौ र  यि निस्चल शान्त नेपाली शब्दहरु  हेर आमा, आज तिमीले केही बोल्नै पर्छ, नत्र भने, तिम्रो खुट्टा,सरिर र सिर  आज अलगिदैछन्  अनी तिम्रो पूर्ण शरीर हरौनेछ  केही समयए पछी  तिम्रो खुट्टा,सरिर र सिर पनि  कुहिन्दै जानेछन्  अनी आमा  त्यतिबेला,  म अनी मेरो पहिचान पनि हराउने छ अनी तिमी मात्र मेरो मानसपटलमा हुनेछौ  तिमी मात्र किताबको पानामा हुनेछौ  आमा तिमी ईतिहास बन्नेछौ  त्यसैले आमा, म तिमी सँग मात्र शब्द माग्दै छु, बोलन आमा के हामी एक होइनौ र ? बोलन आमा  किन तिमी आज मौन छौ ?