Skip to main content

दाल/गेडागुडी बनाउने सजिलो तरिका

दाल/गेडागुडि पकाउने एक सधै कम्प्लिकेटेडकाम रही आएको थियो मेरा लागि। अगाडि  लामु समय  भिजाउनु पर्ने, धेरै लामु समय सम्म पकाउनु पर्ने, राम्रो कुकर हुनु पर्ने, कुनै बेला मजाले नपाक्ने आदि इत्यादि । लाग्छ यो हामि सबै दाल प्रेमीको साझा समस्या हो।  आज यो ब्लग पहिलो 'रेसिपी' लेख्न गै रहेको छु, आशा छ यसले केहि हद सम्म हामीलाई सजिलो बनाउने छ।  

आवास्य सामाग्री 
दाल/गेडागुडि, तेल, टमाटर, लसुन, अदुवा, प्याज, जिम्बु, बेसार, खोर्सानी, नुन, सुद्द पानि, धनिया पात, सब्जी मसला 
मिक्सर, पकाउने भाडो, पनियु, केहि बटुका, चक्कु, चपिंग बोर्ड 

बनाउने तरिका
१. दाल/गेडागुडी मजाले पानीले  सफा गर्नुस 



२. अलिकति पानि बढि हालेर मजाले मिक्सरमा पिस्नुस 

पिसिएको दाल/गेडागुडी 
३. मजाले सानु-सानु पारेर  प्याज काट्नुस, ठुलो भयो भने दालमा मजाले नामिसिना सक्छ  

४. खोर्जानी मजाले काट्नुस

५. लसुन (२ पोटि) मजाले सानु पारेर काट्नुस, यो लसुन फुराउने हो

६. जिरा, मेथी (भए जिम्बु) ठिक पार्नुस

७. सुरुमा तेल (आफ्नु इच्छा अनुसार) तताएर, लसुन, जिरा, जिम्बु अनि मेथी रातो हुन्जेल फ़ुराउनुस 

८. पिसेको दाल/गेडागुडी मजाले चलाउनुहोस अनि भाडामा हाल्नुहोस  

मजाले चम्चाले चलाउनु होस 
ढिण्डो मस्काए जसरि मस्काउनुस, पुनियु अलिक दह्रो प्रयोग गर्नुस, पेस्ट भाडोमा टासिने भएकाले चलाउन अलिक गाह्रो हुन्छ 
९. आफ्नु स्वाद अनुसार नुन र बजार हाल्नुस
बेसार र नुन हाल्ने 
१०. अब करिब ३ मिनेट चलाउनु होस् अनि "अदुवा, लसुन र तमाटर"को पेस्ट र इच्छा भए 'सब्जी मसला' हालेर  मजाले करिब ३ मिनेट चलाउनुहोस
अदुवा, लसुन र तमाटर को पेस्ट
पेस्ट हाले पछि चलाउदै 

११. अब आवासक पानि हालेर मजाले चलाइदिनुहोस र बिर्को बाँध गरेर करिब २ सिट्ठी (१० मिनेट) छोडिदिनुस, ग्यास सानु पारेर
पानि हालेर चलाए पछि 
१२. अब तयार भयो, 'धनिया पत्ता भए मजाले सानु पारेर काटेर हालेर एकछिन छोप्दिनुस' सामान्यता अन्य तरिकाले दाल पकाए भन्दा बढि तातो हुने भएकाले, तत्काल चाख्न पति नलाग्नुस 'छाला खुइलिन सक्छ ;)
तयार दाल
यो तरिकाले दाल/गेडा-गुडी पकाउदाको फाइदा 
१. दाल छिटो पाक्ने भएकाले भान्सा इन्धन खपत कम हुन्छ, उर्जाको बिद्यार्थी भएकाले मेरोलागि यो प्रमुख फाइदा हो
२. दाल अगाडि बाटै  भिजाउनु पर्ने झन्झटबाट मुक्त
३. दाल पकाउने समयको बचत
४. दाल मजाले पाक्ने भएकाले दाल नापाक्लाकि भन्ने चिन्ता मुक्त
५. यसरि पकाएको दाल सजिलै पच्ने (Digest) हुने भएकाले बिरामी, बुढा/बुढि को लागि अन्त्यन्तै फलदाई
६. दालको खपत कम हुन्छ, मेरो आफ्नै Experience बाट भन्दै छु, आधा कम्ति Amountले पुग्छ (अरु तरिका संग Compare गर्दा)
७. दाल स्वादिस्ट हुन्छ
८. कन्तिमै दाल पकाउन सकिन्छ, यसरि दाल/गेडागुडि पकाउन कुकरको आवास्यक नि पर्दैन भन्ने हाम्रो ठहरियाई छ
९. बिद्यार्थीहरुलाई अति नै उपयोगी

धन्यबाद कृपया यसरि पकाएर हेर्नुस अनि शेयर गर्नुस, आउदा दिनमा पनि यस्तै उपयोगी रेसिपिकोलागि ब्लग हेर्दै गर्नुहोस

नोट: दाल मिक्सरमा पिस्ने आइडिया उमेस घिमिरेबाट सिक्या हो, धन्यबाद   

Comments

Popular posts from this blog

दुइ तस्बिर केहि पंक्ति सब्द

केहि समय अगाडि खिचेका ई दुई तस्बिरलाई आज केहि सब्द पनि दिएको छु। दुवै तस्बिर काङ्गवन बिस्वबिध्यालामा खिचिएका हुन्। म कालो कौवा हैन  यो रुखको हाँगा झैँ मर्या छैन  छिट्टै झर्ने छन् मोति झैं दाना  भिझ्नेछु म सरिर लुकाउने घर छैन  कालो बादल रुमल्लिरहेको बेला हाँगामा एक्लै बसी रहेको ढुकुर म एक पात झैं अल्झी रहेछु कहीं-कतै लम्ब्याई रहेछु उदेश्य हिन उदेश्य आफैंबाट खै के भन्नु म झरेको छु बर्तमानमा पुन झर्नेछु बर्तमानमा गल्ने छु  उम्रने छु बर्तमानमा  रुखबाट झरेको पात रुखैमा अल्झिरहेछ 

आमा

आमा, हेरन मेर दाजु-भाई , आज म सँग अलगिन खोज्दैछन, मैले उनिहरुलाई अपहेलित गरेरे, मैले उनिहरुलाई मिचे रे, निचोरे रे  हो आमा  तिमी त साँची छौ  बोलन केही शब्दहरु  किन तिमी आज मौन छौ? उनिहरु भन्छन  मेर र उनिहरुका रितिरिवाज फरक छ रे  चाल-चलन फरक छ रे  बोलिमा भिन्नत छ रे  हो आमा? के तिमीले उनिहरुलाई भनिनौ  मानबता नै धर्म हो  दिन: दुखीको सेवा नै हाम्रो चलन हो  अनी आमा,  तिमीले सिकाएकी थिएनौ र  यि निस्चल शान्त नेपाली शब्दहरु  हेर आमा, आज तिमीले केही बोल्नै पर्छ, नत्र भने, तिम्रो खुट्टा,सरिर र सिर  आज अलगिदैछन्  अनी तिम्रो पूर्ण शरीर हरौनेछ  केही समयए पछी  तिम्रो खुट्टा,सरिर र सिर पनि  कुहिन्दै जानेछन्  अनी आमा  त्यतिबेला,  म अनी मेरो पहिचान पनि हराउने छ अनी तिमी मात्र मेरो मानसपटलमा हुनेछौ  तिमी मात्र किताबको पानामा हुनेछौ  आमा तिमी ईतिहास बन्नेछौ  त्यसैले आमा, म तिमी सँग मात्र शब्द माग्दै छु, बोलन आमा के हामी एक होइनौ र ? बोलन आमा  किन तिमी आज मौन छौ ?