Skip to main content

Posts

Showing posts from July, 2015

संबिधान र जन-भावना

केहि नेपालि जनतालाई अझै भ्रम छ '६२/६२को आन्दोलन सफल पारियो, संबिधान चुनाब सफल पारियो भनेर' यतिबेला आएर फेरी संका छ 'जनभावना संबिधानमा समेटिन्छ कि नाई भनेर' खास ६२/६२को आन्दोलन डलरमा नाच्ने केहि भिजिलान्ते अनि धेरै सिठ्ठी बजाउने दर्शकले ल्याएका सफल पारेका हुन्। दर्शकले त समय र पैसा खर्च गर्ने हो - फिल्म सफल  भएसी रोयल्टी मागेर कतै हुन्छ, जसको माग संबिधान थियो उनीहरुले त आफ्नै पारामा लेख्दैछन, हामि दर्शक हेर्दै जाउ, फेरी कसै गरि अर्को चलचित्र बन्यो भने हेर्न जानु त छदै छ।

नेपालि किन अल्छी

इन्जिनियर, योजनाकार, नीति बिस्लेशक प्राज्ञ सुर्य राज आचार्य   सरले ट्विटरमा "हाम्रा लेखमा खोजमुलकता नभएको, पूर्व-निष्कर्ष अनुकुलका तथ्य/प्रमाणको मात्र खोजि/उपयोगी गर्ने हावी भएको" भन्ने कुरा राख्दा  र  पत्रकार  सुदर्शन घिमिरे ले स्कुलले सिकाएन भनेर कुरा राख्नु भो  ।   पछि फेरी स्कुल नै यति निरस र पट्ट्यार लाग्दो भो जति खेरी अल्छी लाग्ने कुरा निस्कियो  । यसै विषमा म र साथि पुकार को सोच 'किन नेपालि अल्छी भए' भन्ने बारे केहि लेख्दै छु  । ११ - १२ कक्षा पढ्दा म र मेरो साथि पुकार , धेरै रात संगै पढ्ने भनेर भेला हुदाँ धेरै बिषयमा छलफल गर्थिम , बिज्ञान , साहित्य देखि समाज। यस्तैमा एक दिन ' नेपालि किन अल्छी भए , कोरियन - जापानिज - चाइनिज किन यस्तो मेहेनती भए ' भन्ने बिषयमा रात भर छलफल चल्यो । त्यो छलफलबाट निस्को निषकर्ष आज प्रस्तुत गर्न गइ रहेको छु । १ . उर्बर भुमि - प्रकृतिको कृपानै मान्नु पर्छ हाम्रो भुमि उर्बर शिल छ । यस उर्बर भुमिमा ३ महिना काम गर्दा १२ महिना मजाले खान पुग्छ । धेरै वर्

दुईटा फुला देउरालीमा

स्वोर सम्राट  नारायण गोपाल  को दुइटा फुल देउरालीमा  मेरो मन पर्ने गित मध्ये एक हो।  यहि गीतको थेममा तस्बिर खिच्न संखुवासभा नेपाल मा काम बिसेसले १ वर्ष बस्दा सुरु गरेको थिएँ। यो ब्लगको पहिलो तस्बिर संखुवासभामा खिचिएको हो अन्य तस्बिर दक्षिण कोरियामा खिचिएको हो ।   सम्पूर्ण तस्बिर नारन दाईमा समर्पित 

दुइ तस्बिर केहि पंक्ति सब्द

केहि समय अगाडि खिचेका ई दुई तस्बिरलाई आज केहि सब्द पनि दिएको छु। दुवै तस्बिर काङ्गवन बिस्वबिध्यालामा खिचिएका हुन्। म कालो कौवा हैन  यो रुखको हाँगा झैँ मर्या छैन  छिट्टै झर्ने छन् मोति झैं दाना  भिझ्नेछु म सरिर लुकाउने घर छैन  कालो बादल रुमल्लिरहेको बेला हाँगामा एक्लै बसी रहेको ढुकुर म एक पात झैं अल्झी रहेछु कहीं-कतै लम्ब्याई रहेछु उदेश्य हिन उदेश्य आफैंबाट खै के भन्नु म झरेको छु बर्तमानमा पुन झर्नेछु बर्तमानमा गल्ने छु  उम्रने छु बर्तमानमा  रुखबाट झरेको पात रुखैमा अल्झिरहेछ 

आमा

आमा, हेरन मेर दाजु-भाई , आज म सँग अलगिन खोज्दैछन, मैले उनिहरुलाई अपहेलित गरेरे, मैले उनिहरुलाई मिचे रे, निचोरे रे  हो आमा  तिमी त साँची छौ  बोलन केही शब्दहरु  किन तिमी आज मौन छौ? उनिहरु भन्छन  मेर र उनिहरुका रितिरिवाज फरक छ रे  चाल-चलन फरक छ रे  बोलिमा भिन्नत छ रे  हो आमा? के तिमीले उनिहरुलाई भनिनौ  मानबता नै धर्म हो  दिन: दुखीको सेवा नै हाम्रो चलन हो  अनी आमा,  तिमीले सिकाएकी थिएनौ र  यि निस्चल शान्त नेपाली शब्दहरु  हेर आमा, आज तिमीले केही बोल्नै पर्छ, नत्र भने, तिम्रो खुट्टा,सरिर र सिर  आज अलगिदैछन्  अनी तिम्रो पूर्ण शरीर हरौनेछ  केही समयए पछी  तिम्रो खुट्टा,सरिर र सिर पनि  कुहिन्दै जानेछन्  अनी आमा  त्यतिबेला,  म अनी मेरो पहिचान पनि हराउने छ अनी तिमी मात्र मेरो मानसपटलमा हुनेछौ  तिमी मात्र किताबको पानामा हुनेछौ  आमा तिमी ईतिहास बन्नेछौ  त्यसैले आमा, म तिमी सँग मात्र शब्द माग्दै छु, बोलन आमा के हामी एक होइनौ र ? बोलन आमा  किन तिमी आज मौन छौ ?